Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ घण्टामा थपिए ३८९९ जना कोरोना संक्रमित


  • मंगलबार, साउन १२ २०७८

  • २४ घण्टामा  थपिए  ३८९९ जना  कोरोना संक्रमित

    काठमाडौं– मंगलबारमात्रै थप ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७२६ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ८६३ गर्दा ११७३ मा संक्रमण देखिएको छ।

    कुल १७ हजार ५१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप २० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९७५८ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनाबाट मुक्त भएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij