Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मनाङ र सिन्धुपाल्चोक विपद् संकटग्रस्त क्षेत्र घोषणा


  • सोमबार, साउन ४ २०७८

  • मनाङ र सिन्धुपाल्चोक विपद् संकटग्रस्त क्षेत्र घोषणा

    काठमाडौं – सरकारले मनाङ र सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम असोज मसान्तसम्म लागू हुने गरी दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
    उनले भने, ‘विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।’
    यसवर्ष बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij