काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार २४ वटा नमुनाको परीक्षण गर्दा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संखया ९ हजार ४३० पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
