Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ घण्टामा थप १८७५ जनामा कोरोना संक्रमण


  • बिहिबार, असार २४ २०७८

  • २४ घण्टामा  थप १८७५ जनामा कोरोना संक्रमण

    काठमाडौं– कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५ सय ४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार मुलुकभरमा ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ।
    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२८६ जना संक्रमणमुक्त भएका छन्। यस्तै २९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९३२० पुगेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij