Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ घन्टामा २९७९ जनामा कोरोना संक्रमण


  • बुधबार, असार २३ २०७८

  • २४ घन्टामा २९७९ जनामा कोरोना संक्रमण

    काठमाडौं– कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार मुलुकभरमा ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनामा पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३३३ जना संक्रमणमुक्त भएका छन्। यस्तै २८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ७ सय ५६ छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा २ हजार ७ सय ८८ छन्। ५ सय ७१ आइसियू र १६१ भेन्टिलेटरमा उपचाररत् छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij