काठमाडौं – विवादको भुमरीमा फसेको सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल विच टेलिफोन वार्ता भएको छ । पछिल्लो पटक विवाद उत्कर्षमा पुगेका बेला दुई नेता विच टेलिफोन वार्ता भएको यो दोस्रो पटक हो ।
महाधिवेशन आयोजक कमिरीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर बोलाइएको बैठक अवैध भन्दै बहिष्कार गरेको नेपाल पक्षले जेठ २ को अवस्थामा फर्किनु पर्ने अडान राख्दै आएको छ । आज पनि एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
यता एमालेका दोस्रो तहका नेताहरु आज पनि छलफलमा जुटेका छन । छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र नेवाङ सहभागी छन् । वरिष्ठ नेता झलनाथ खानल–माधवकुमार नेपालपक्षका घनश्याम भुसाल सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य सहभागी छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
