काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा संगै विभिन्न पदका आकांक्षीहरूले आ-आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने क्रम शुरु भएको छ । सभापति पछिको मुख्य चासोको रूपमा हेरिएको महामन्त्रीमा संस्थापन पक्षबाट सह – महामन्त्री डा. प्रकाशशरण महतले उम्मेदवारी दिने भएका छन ।
विधार्थी काल देखि नै नेपाल विद्यार्थी संघबाट राजनितिक यात्रा प्रारम्भ गरेका महत पार्टी भित्र जुझारु नेताका स्थापित छन । अर्थ र परराष्ट्र मामिलाका जानकार डा . महत लामो समय देखी पार्टीको केन्द्रीय नेतृत्वमा सक्रिय छन । दुई पटक परराष्ट्र मन्त्री र उर्जा मन्त्री समेत रहिसकेका डा.महत सह – महामन्त्रीको जिम्मेवारी संगै पार्टीद्वारा गठित कोभिड अनुगनम समितिका संयोजक हुन । पार्टीको तर्फबाट कोभिड संक्रमणको अनुगमनमा डा.महतले प्रभावकारी काम गरेका छन् ।
पार्टी संगठन विस्तार र भातृसंस्था तथा पेशागत संस्थाहरुको महाधिवेशनमा महत्वपूर्ण भूमिका खेलेका डा.महत पार्टी भित्र लोकप्रिय र कार्यकर्ताको भावना नजिकबाट बुझने नेता मध्यमा पर्दछन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
