Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कांग्रेश प्रवक्ताको मन छुने पत्र


  • मंगलबार, असार १ २०७८

  • गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कांग्रेश प्रवक्ताको मन छुने पत्र

    काठमाडौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मन छुने पत्र पठाएका छन । प्रवक्ता शर्माले पोखरेललाई विज्ञका कुरा सुन्न र आलोचनालाई स्वागत गर्न सुझाएका छन । कोभिड संक्रमितहरूले उपचार नपाएर छट्पटाइरहेका हरुको पीडा सम्झेर काम गर्न पनि प्रका शर्माले अनुरोध गरेका छन ।
    यस्तो छ पत्र:

    श्री कृष्णचन्द्र नेपालीज्यू,

    मुख्यमन्त्री गण्डकी प्रदेश।
    बधाई तथा शुभकामनासहित संक्षिप्त सुझाव

    अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरहँदा सम्झनु नै हुनेछ।

    यतिबेलाको शासकीय जिम्मेवारी, राजनीतिक दायित्व अनि कर्तव्य र बाटो बुझ्न भिन्न दुई परिवारका यी दुई अनुहार पर्याप्त छन्।

    समय संवेदनशील छ। राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ। आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ। त्यसैले छायाको होइन ऐनाको सुझाव लिनुहोस्।

    हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ।

    तर नभुल्नोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको। प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्नुहोस्।

    प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्नुहोस्। तिनको प्रकाशमा रूपान्तरण निश्चित गर्नुहोस्। राजनीतिप्रतिको वितृष्णा कम गर्न तब योगदान पुग्नेछ।

    गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्नुहोस्। सहि निर्णय गर्न विज्ञलाई सुन्नुहोस्। जान्नुहुन्छ नै- पद आउँछ, जान्छ तर स्मृतिमा रहन्छ कर्महरू। इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नुहोस्।

    – विश्वप्रकाश शर्मा

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij