Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेश महाधिवेशन : नेतृत्वका लागी तीन समूहको प्रतिस्पर्धा


  • आइतबार, जेष्ठ ३० २०७८

  • कांग्रेश महाधिवेशन : नेतृत्वका लागी तीन समूहको प्रतिस्पर्धा

    काठमाडौं – नेपाली कांग्रेसलाई भदौ भित्रै महाधिवेशन गर्नु पर्ने वाध्यता छ । शनिवार वसेको पदाधिकारी बैठकले पूर्व घोषित तालिका फेरबदल गर्दै भाद्र १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिमा लैजाने तयारी गरेको छ । बिहिबार बस्ने केन्द्रीय समिति बैठकले औपचारिक रूपमा महाधिवेशनको नयाँ तालिका सार्वजनिक गर्ने छ ।

    तर कोरोनाको महामारी विच महाधिवेशन सम्पन्न गर्नु पर्ने चुनौति कांग्रेस सामु छ । क्रियाशिल सदस्यता लगाएतका कतिपय आन्तरिक तयारी बाँकी नै छ । वडा देखि केन्द्र सम्मको नेतृत्व चयन प्रक्रिया पूरा गर्न ठूलो तयारी आवश्यक देखिन्छ ।

    यस्तो छ प्रस्तावित नयाँ तालिका –

    गाउँ/नगर वडा अधिवेशन: २०७८ साउन ६ गते।

    गाउँ/नगरपालिका अधिवेशन: साउन ११ गते।

    प्रदेश सभा क्षेत्रीय अधिवेशन: साउन १६ गते।

    प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २० गते।

    एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २४ गते।

    प्रदेश अधिवेशन: भदौ १ र २ गते।

    केन्द्रीय महाधिवशेन: भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा।

    नेतृत्वमा कडा प्रतिस्पर्धा –

    कांग्रेस नेतृत्वको लागि पुरानै पुस्ता इच्छुक देखिन्छ । सभापति शेर बहादुर देउवा पुनः पार्टीको नेतृत्व लिन अग्रसर देखिन्छन् । सर्वोच्चको फैसला आफ्नो पक्षमा आए मुलुक र पार्टी दुवैको नेतृत्व गर्ने देउवाको तयारी छ । तर आफ्नै समूह बाट विमलेन्द्र निधिले समेत पार्टीको नेतृत्व लिने इच्छा देखाए पछि उनलाई केही अप्ठ्‌यारो परेको छ । निधिलाई छाड्‌ने हो भने उनी आफ्नो समूहमा निर्विकल्प नेता हुन् । निधिलाई पनि मिलाउन सकिने विश्वास देउवामा छ ।

    सभापतिका अर्का आकांक्षी रामचन्द्र पौडेल पनि मैदानमा छन । तर कोइराला परिवारका महामन्त्री डा. शसाङक कोइराला, डा.शेखर कोइराला र सुजाता कोइरालाले समेतले नेतृत्वमा दावी गरे पछि पौडेललाई सहज छैन । कोइराला परिवारका तीन मध्य एक उम्मेदवार मैदानमा आउने सम्भावना छ ।

    तेस्रो धारका नेता कृष्ण सिरौला पनि नेतृत्वको प्रतिस्पर्धामा छन । गगन थापा र प्रदीप पौडेलहरुको साथ पाएका सिटौलाको भूमिका पनि कांग्रेसको राजनितिमा अर्थपूर्ण मानिन्छ । देउवाले निधि र सिटौला पक्ष मिलाउने र पौडेलले कोइराला मिलाएमा देउवा र पौडेल विच नै कडा प्रतिस्पर्धा हुन सक्दछ ।

    सिटौला पौडेल पक्ष संग मिल्ने सम्भावना कम भएको जानकारहरु बताउँछन् । देउवा आफैले कोइराला परिवार संग समिकरण बनाउन सक्ने सम्भावना पनि कतिपयले देखेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij