पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ लिएका छन् ।
पोखरेलको दल नेपाली कांग्रेसबाट कुमार खड्का मन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्री बनेका छन् । चारैजना मन्त्री विना विभागीय हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
