Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आफ्नो अभिव्यक्ति फिर्ता लिन सांसद वैधलाई प्रवक्ता शर्माको निर्देशन


  • शुक्रबार, जेष्ठ २८ २०७८

  • आफ्नो अभिव्यक्ति फिर्ता लिन सांसद वैधलाई प्रवक्ता शर्माको निर्देशन

    काठमाडौं – नेपाली कांग्रेसले प्रदेश सांसद नरोतम वैधलाई आफ्नो अभियक्ति प्रति आत्मआलोचना गर्दै फिर्ता लिन निर्देश गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रतामा अराजकता एउटै नभएको भन्दै तर्कले आपत्तिजनक शब्द छोप्ने परम्परा नभएको प्रष्ट पारेका छन । शुक्रबार बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसद वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । प्रवक्ता शर्मा भन्छन”अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन।’

    प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।’

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij