विराटनगर – नेकपा माओवादी केन्द्रले प्रदेश-१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशसभाको बजेट अधिवेशनको अघिल्लो दिन माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायम थियो ।
तर आइतबारबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि प्रदेश १ को सत्ता समीकरणमा कुनै असर पर्ने छैन् । प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
