Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मानव हितविरूद्धका गतिविधिलाई सरकारले किञ्चित सहने छैन- प्रधानमन्त्री


  • शुक्रबार, जेष्ठ २१ २०७८

  • मानव हितविरूद्धका  गतिविधिलाई सरकारले किञ्चित सहने छैन- प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मानव हितविरूद्धका गतिविधिलाई सरकारले नसहने बताएका छन्। नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

    आज छुवाछुत विरूद्धको राष्ट्रिय दिवसमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता अमानवीय हिंसाका घटनाहरूको छानविनमा दोषीलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन।’
    छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई सरकारले कानुनी दायरामा ल्याउने पनि प्रधानमन्त्री ओलीको भनाइ छ। ‘त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन,’ प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    साथै प्रधानमन्त्री ओलीले ‘मानव हितविरूद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहने छैन’ भनेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij