काठमाडौं – एकतमासको नेपाली राजनीतिमा उज्वल थापाको प्रवेश जमेको तलाउमा ढुङ्गा हाने जस्तै भयो । परम्परागत राजनितिक संस्कारलाई तोड्दै विवेकशिल पार्टीको नेतृत्व गरेर फरक राजनितिको अभ्यास गरेका थापाले धेरैको मन जिते । विशेष गरेर युवा पुस्तालाई राजनितिमा आउने प्रेरित गर्ने र परम्परागत राजनितिको पुरातन मानसिकतामा तोडन काममा उनले गरेको प्रयास सफल देखियो । उनको पार्टीले कति हैसियत पायो भन्ने कुरा भन्दा पनि मूलधारका राजनितिमा रहेका दल भित्र युवाहरूले क्रमशः बनाउँदै गरेको स्थानमा थापाले सुरु गरेको अभियानले महत्वपूर्ण योगदान गर्यो ।
पत्रकारिता वाट राजनितिमा प्रवेश गरेका रवीन्द्र मिश्रसंग मिलेर विवेकशिल साझा पार्टी बनाएका थापाले सुरु गरेको राजनितिको धार परिवर्तन गर्ने अभियानमा नयाँ आशा पलाएको थियो । तिनै फरक सोच र फरक धारका नेता थापाको आज कोरोना संक्रमणका कारण निधन भएको छ । उनको निधनले नेपाली राजनितिको शुद्धताको अभियानमा ठूलो क्षती पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
