काठमाडौं – सोमबार थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोनामुक्त भएका हुन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ४१७८ जनामा पोजेटिभ देखिएको हो।
त्यस्तै २४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा पोजेटिभ देखिएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
