काठमाडौं – सरकारले जारी निषेधाज्ञालाई थप कडाई गर्ने तयारी गरेको छ । कोभिड संक्रमणको दर नघटे पछि निषेधाज्ञा थप्दै कडाईका साथ पालना गराउने तयारी गरेको हो । सरकारले स्वास्थ्य मापदण्ड सम्बन्धी अध्यादेश जारी गरेकाले सोही अनुसार पालना नगर्ने लाई कारवाही गर्ने सरकारको तयारी छ ।
नयाँ अध्यादेशको उल्लंघन गर्नेविरुद्ध छ महिनासम्म कैद र तीनलाखसम्म जरिवानाको व्यवस्था गरेको छ । नयाँ अध्यादेश अनुसार मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक एक सय रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिँडडुल गर्दा मात्रै प्रत्येक पटक दुई सय रुपैयाँ, अनुमति विना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा दुई सय रुपैयाँ र चार पांग्रेको हकमा पाँच सय रुपैयाँसम्म जरिवाना हुने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
