Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता


  • सोमबार, जेष्ठ १० २०७८

  • संसद विघटनविरुद्ध विपक्षी गठबन्धन पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता

    काठमाडौं- सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धनले पेश गरेको रिट दर्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरुले सोमबार रिट दर्ता गराएका हुन् ।
    रिटमा चार राजनितिक दलका दलका १ सय ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन गरेको दावी गर्दै गठबन्धनका सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

    मन्त्रिपरिषद् तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij