काठमाडौँ – प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणालाई प्रतिपक्षी दलहरुले असम्बैधानिक भन्दै शसक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् । संसद विघटन मुलुकको राजनिति जटिलता तर्फ धकेलिएको भन्दै विपक्षीहरुले सडक र न्यायीक संघर्ष गर्ने तयारी गरेका हुन । अहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १ सय ४९ सांसदले नै अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै असम्बैधानिक कदम विरुद्ध जुटन आदान गरेका छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
