काठमाडौं – नेपाली कांग्रेस ले संसद विघटनको विरुद्ध शसक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । आज वसेको पदाधिकारी बैठकले अन्य राजनितिक दलहरुसंग समेत छलफल र सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । यसै विच संसद विघटनको निर्णयको प्रतिवाद गर्ने रणनीति तय गर्न प्रतिपक्षी दलहरुको संयुक्त बैठक वस्दै छ ।
बैठकले सरकार गठनका लागी राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका १ सय ४९ सांसदकै तर्फवाट अदालतमा मुद्धा दायर गर्ने विषयमा छलफल हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएराति राष्ट्रपतिले संसद विघटन गरेपछि राजनितिक जटिलता थपिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
