काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार २२७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
काठमाडौंमा मात्रै २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २२ हजार ८७ जनाको नमूना परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार ६ हजार ५ सय ४३ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।
त्यस्तै यस अवधिमा १९० जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ। यस्तै, काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
