काठमाडौं – राष्ट्रपतिले सरकार गठनका लागी दिएको समय सिमा सकिनै लाग्दा राजनितिक भेटघाट र छलफल तिव्र बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो विच भएको वार्ता सकिएको छ । भेटवार्तामा के कुरा भयो भन्ने सार्वजनिक गरिएको छैन । भेटमा उद्योगी एवं सांसद विनोद चौधरी समेत सहभागी थिए । जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना सांसदहरुसंग छलफल गरिरहेका छन् ।
यता प्रधानमन्त्री वेपी शमी ओली र नेता माधवकुमार नेपाल विच भेटवार्ता तय भएको छ । केहि समय पछि भेटवार्ता हुने बताइएको छ । आजै कांग्रेसका नेताहरू र एमालेका नेपाल पक्षका नेताहरु विच पनि वार्ता भएका छन ।
ओलीले नेपाल पक्षका चार नेताको निलम्बन फुकुवा गरे पछि विपक्षी गठव्बन्धनमा बहुमत पुर्याउन कठिन हुँदै गए पछि कांग्रेसले जसपाका नेताहरु संगको छलफल तिव्र बनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
