काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्नका लागी दिएको तीन दिनको समय सिमा आज सकिदै छ । तर आज सम्म कसको नेतृत्वको सरकार कसरी बन्छ भन्ने प्रष्ट भइसकेको छैन ।
विपक्षी दलहरुले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपनि आवश्यक संख्या पर्न सकेको छैन । जनता समाजवादी पार्टी दुई धारमा विभाजित भएकाले देउवालाई आवश्यक संख्या नपुग्ने देखिएको छ ।
उपन्द्र यादव पक्ष देउवालाई सर्मथन गर्ने पक्षमा उभिए पनि महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष कांग्रेसलाई सघाउन तयार देखिदैन । यहि विवादले उक्त दल विभाजन हुनसक्ने देखिएको छ । जसपामा हाल ३० सांसद कायम छन । जसमा १५ यादव तिर र १५ ठाकुर तिर विभाजित छन् । जसपाको पूर्ण समर्थन नहुने भए पछि कांग्रेसलाई आवश्यक संख्या पुग्दैन ।
यता एमालेको माधव – झलनाथ पक्षका सांसदले राजिनामा दिएर संसद्को कूल संख्या घटेमा मात्रै देउवालाई बहुमत पुग्ने देखिन्छ । यो समूहसंग २८सांसद छन् । संसदवाट राजिनामा गर्नु अर्थ एमाले विभाजित हुनु जतिकै हो । नेपाल पक्षका वरिष्ठ नेता भिम रावलले संसद्बाट राजिनामा गरेर भए पनि ओलीलाई प्रधानमन्त्रीवार रोक्न पर्ने अभिव्यक्ति सार्वजनिक गरेका छन ।
प्रतिनिधिसभामा हाल कायम संख्या २७१ हो । नेपाल पक्षका २८ सांसद छन् । उनीहरुले राजीनामा दिएमा संसदमा तत्काल कायम संख्या २४३ हुन्छ । १२१ मत पाएमा बहुमत पुग्छ र विपक्षी गठबन्धनको नयाँ सरकार बन्न सक्छ । माधव पक्षले राजिनामा दिएर खाली रहेको क्षेत्रमा तत्वाल उपचुनाव गराएर उक्त पक्षका उम्मेदवारलाई जिताउन कांग्रेस र माओवादी ले सघाउने गरी पनि सहमति बन्न सक्दछ ।
यी सबै प्रयास हरु असफल भएमा पुनः केपी ओली नेतृत्वकै अल्पमतको सरकार बन्ने छ । अक सरकारले ३० दिन भित्र संसद्बाट विश्वासको मत लिनु पर्ने छ । जुन सजिलो देखिदैन । त्यो बेला मुलुक नयाँ निर्वाचन तर्फ जाने सम्वैधानिक व्यवस्था छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
