काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा गर्न सुझाव दिएका छन । उनले संसद पुर्नस्थापना भए पछि नै प्रधानमन्त्रीले राजिनामा गर्नु पर्ने मा त्यसो हुन नसकेकाले अहिले भए पनि राजिनामा गरेर नयाँ सरकार गठनको लागी वाटो खोल्न आग्रह गरे ।
दाहालले संविधानलाई नै कोरोना लागेर आइसियुमा राखे जस्तो भएको बताए । उनले बाम एकता क्षतविक्षत भएको बताए । दाहालले प्रधानमन्त्री ओली राष्ट्रिय समस्या भएको बताए । ओलीलाई आफैले प्रधानमन्त्री बनाएको दावी प्रचण्डले गरे । प्रधानमन्त्री प्रति कटाक्ष गर्दै दाहालले संसद विघटन गरेको आक्रोश व्यक्त गरे ।
दाहालले ओलीलाई भने ‘तपाइ संग यो ससदसंग विश्वासको मत अधिकार माग्ने अधिकार छ “भन्ने प्रश्न गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
