काठमाडौं – संसदमा प्रधानमन्त्री केपी शमी ओलीको आफ्नो भनाई राखे पछि प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले आफ्नो भनाई राखेका छन । कांग्रेस सभापति समेत रहेका देउवाले अहिलेको सरकारबाट संघिय लोकतान्त्रीक गणतन्त्र सुरक्षित छ ? भन्ने प्रश्न गरेका छन । झण्डै दुइतिहाइको रहेको सरकार अहिले विश्वासको मत माग्नु पर्ने अवस्था आउनुमा दोषी छ भन्ने प्रश्न देउवाको छ ।
सरकार पुरै असफल भएको भन्दै उनले कोरोना संक्रमणबाट जनता मरिरहदा सरकारले कुनै काम गर्न नसकेको देउवाले बताए । कमिसनका कारण खोप नल्याइएको भन्दै औषधी र खोप जस्ता कुरामा भ्रष्टाचार गरेर अपराध गरेको उनले बताए । सरकार गठन संगै संविधान भत्काउने काम भएको देउवाले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
