Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माधव नेपालसंग नेम्बाङ्ग र पौडेलको भेट, ठाकुर र महतो भारतीय दुतावासमा


  • आइतबार, बैशाख २६ २०७८

  • माधव नेपालसंग नेम्बाङ्ग र पौडेलको भेट, ठाकुर र महतो भारतीय दुतावासमा

    काठमाडौं – वैसाख २७ गते प्रधानमन्त्री केपी शमी ओलीले संसदमा विश्वासको मत लिने घोषणा गरे पछि राजनितिक सरगर्मी वढेको छ । नेताहरुको राजनितिक भेटघाट तिव्र बनेको छ । नेकपा एमालेको माधव – झलनाथ समूहका सांसदले नेता नेपाललाई सांसद पदवाट राजिनामा बुझाएका छन ।

    राजिनामा बुझाए लगतै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेल र सुवाश नम्बाङ्गले नेता नेता नेपाल संग छलफल गरेका छन । जनता समाजवादी पार्टीका नेताद्धय महन्थ ठाकुर र राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन भने आजै उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने जनाउ दिएका छन ।

    आजै पार्टीमा नेताहरुसंग छलफल गरेका ठाकुर र महतो भारतीय दुतावास पुगेका छन । अहिले सम्मको छलफल हेर्दा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना कम हुँदै गएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij