Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार दाहालको निधन प्रति महासंघ स्तब्ध , सामाजिक सञ्जललमा पत्रकारको श्रद्धाञ्जली


  • शनिबार, बैशाख २५ २०७८

  • पत्रकार दाहालको निधन प्रति महासंघ स्तब्ध , सामाजिक सञ्जललमा पत्रकारको श्रद्धाञ्जली

    काठमाडौँ – कोरोना संक्रमणमुक्त भएर पनि कोरोनाकै असरका कारण युवा पत्रकार दिनेश दाहालको निधन भएको छ । नेपालीपत्रकारीता क्षेत्रका जुझारु पत्रकार दाहालको निधन प्रति नेपाल पत्रकार महासंघ सहितका संघ संस्थाले दुःख प्रकट गरेका छन ।महासचिव रोशन पुटी द्वारा जारी विज्ञप्तीमा भनिएको छ -‘दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएकोदुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । ‘

    वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गतेललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको आज बिहान उपचारकोक्रममा निधन भएको हो ।

    विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गर्नुभएकोथियो । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ । स्वर्गीय दाहालका श्रीमती, एक छोरा रएक छोरी छन् ।

    महासंघले स्वर्गीय पत्रकार दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकको यस घडीमा महासंघले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदनाव्यक्त गरेको छ ।

    कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएको महासंघले जनाएकोछ । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको भन्दै कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघलेसम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलगरेको छ । यसै विच पत्रकारहरुले समाजिक सञ्जालमा आफ्ना सहकर्मीको निधन प्रति श्रद्धाञ्जली प्रकट गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij