काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।
गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरुलाई मन्त्रिपरिषदको सिफारिश राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गरेकी छिन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
