काठमाडौं -निर्वाचन आयोगले जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको हो ।
आयोगले विज्ञप्ति जारी गर्दै उक्त मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
