Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका दीपक मनाङ्गे को हुन ?


  • बिहिबार, बैशाख १६ २०७८

  • गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका दीपक मनाङ्गे को हुन ?

    काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले मन्त्रीपरिषद विस्तार गरेका छन । विस्तारित मन्त्रीपरिषदमा दीपक मनाङ्गे भनिने राजिव गुरुङलाई खेलकूद मन्त्री बनाइएको छ ।
    को हुन दीपक मनाङ्गे ?
    मन्त्री बनाएका मनाङ्गे गएको निर्वाचनमा मनाङवाट प्रदेश सांसद चुनिएका हुन । स्वतन्त्र उम्मेदवार रहेका मनाङ्गेलाई एमालेले सहयोग गरेको थियो । काठमाडौं को ठमेल क्षेत्रलाई आधार बनाएर अपराधको दुनियाँमा राज गरेका मनाङ्गेको पृष्ठभूमि विवादस्पद छ ।
    ठमेलमा डान्स, डिस्को र गजल रेष्टुरेण्ट एकलौटी कब्जा जमाएका उनी अपराधिक पृष्ठभूमिको संरक्षण गर्नकै लागी राजनितिमा प्रबेश गरेर मन्त्री सम्म बन्न सफल भएका छन । चक्रे मिलन भनिने मिलन गुरुङको हात छिनालेको आरोपमा उनी डिल्लीबजार जेल परेका थिए ।
    चक्रे काठमाडौंको काठमाडौंको महाराजञ्ज क्षेत्रलाई आधार बनाएर अपराध कर्म गर्दै आएका व्यक्ति हुन । मनाङ्गे माथी ठमेलक्षेत्रका व्यापारीवाट नियमित रकम असुल्ने गरेको आरोप छ ।
    काठमाडौंका प्रमुख डनहरु मध्यका एकको परिचय बनाएका मनाङेले राजनिति यात्राको छोटो अवधिमै प्रदेश सरकारको मन्त्री बन्ने सम्यको सफलता प्राप्त गरेका छन । उनको सत्तायात्राले नेपाली राजनितिको विकृत रुप झल्किएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij