काठमाडौं – दिन दिनै कोभिड संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ का चार हजार ८९७ संक्रमित थपिएका छन् । १४ हजार ८३४ वटा नमुनाको परीक्षण गरिएकोमा चार हजार ८९७ जनाको नतिजा पोजिटिभ आएको हो ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र दुई हजार ४६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा एक हजार ४६४, भक्तपुरमा ३५१ र ललितपुरमा २३२ जना छन् ।
हाल ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
