काठमाडौं – सामाजिक सञ्जाललाई अंकुश लगाउने गरी ल्याइन लागेको सूचना प्रविधि विधेयक आज प्रतिनिधिसभामा पेश नहुने भएको छ । सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाको बैठकमा पेश गर्ने कार्यसूचीबाट हटेको छ ।
प्रतिनिधिसभा बैठकअघि संसद भवन नयाँबानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको छ ।
एक वर्ष पहिले नै कांग्रेसको असहमतिका बीच समितिबाट बहुमतले पास भएको सो विधेयक प्रतिनिधि सभामा पेश गर्ने सरकारको तयारी थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
