Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई सांसद पदमुक्त


  • मंगलबार, चैत्र २४ २०७७

  • लुम्बिनी प्रदेशमा माओवादी  केन्द्रका दुई सांसद पदमुक्त

    लुम्बिनी- नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका लुम्बिनी प्रदेशका २ सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका हुन् । प्रदेश सभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।

    उनले नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका साथै प्रदेश सभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए। ‘प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार माननीय सदस्य श्री दधिराम न्यौपाने र माननीय सदस्य श्री दिनेश पन्थीको प्रदेश सभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरा सम्मानित सभालाई जानकारी गराउँछु’, सभामुख घर्तीले बैठकमा बताए ।

    न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश सभा सदस्य थिए। उनीहरुलाई एमालेमा लागेपछि पार्टीले २४ घण्टे स्पष्टीकरण सोधको थियो । तर कुनै जवाफ नफर्काएपछि पार्टीले संसदमा पत्राचार गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij