Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारत बन्यो कोरोना संक्रमणको हटस्पट


  • आइतबार, चैत्र २२ २०७७

  • भारत बन्यो कोरोना संक्रमणको हटस्पट

    भारतमा यो हप्ता जति संख्यामा कोरोनाका नयाँ संक्रमित भेटिएका छन्, त्यो आधारमा संसारमा भारतलाई ‘कोरोना संक्रमणको हटस्पट’ भन्न गलत हुने छैन ।
    शनिबार भारतमा ९३ हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भयो र ५ सय भन्दा बढी कोभिड–१९ का कारण मारिए । यो आँकडा पूरा संसारभरी सबैभन्दा बढी हो ।

    यदि कोरोना संक्रमणका नयाँ मामिलाको दैनिक संख्यालाई आधार मान्ने हो भने शुक्रबार पछि भारतले अमेरिका र ब्राजिललाई पनि पछि पारेको छ । शुक्रबार अघि ब्राजिलमात्रै भारतभन्दा पछाडि थियो । त्यसदिन भारतमा कोरोनाका ६९ हजार संक्रमित पुष्टि भएको थियो र ब्राजिलमा करिब ७२ हजार नयाँ मामिला दर्ता गरिएको थियो ।
    तर शनिबार भारतले दुबै देशलाई पछि पारेको छ । भारतमा कोरोना संक्रमणको नयाँ मामिलाको सातदिनको जुन औसत निस्किएको छ, त्यो पनि संसारमा सर्वाधिक छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एक दिनमा कोभिड–१९ का ९० हजारभन्दा बढी मामिला सेप्टेम्बर सन् २०२० का बेला दर्ता गरिएका थिए ।

    धेरै संक्रमित सेप्टेम्बर सन् २०२० का बेला दर्ता गरिएका थिए । तर अब एकपटक पुनः कोरोनाका संक्रमित त्यसै गतीमा बढिरहेको छ । हरेक दिन कोभिडका कारण भइरहेको मृत्युको आँकडा पनि नोभेम्बर–डिसेम्बर सन् २०२० को स्तरमा पुगिसकेको छ, जब देशमा दैनिक ५ सय भन्दा यो महामारीका कारण मारिएका थिए ।
    भारतमा हालसम्म एक लाख ५४ हजार ११० मानिसहरुको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ । कोरोना संक्रमणको कूल मामिलाको हिसाबले भारत संसारकै तेस्रो स्थानमा छ ।
    जोन हप्किन्स युनिभर्सिटीको आँकडा अनुसार भारत र ब्राजिलबीच अब धेरै अन्तर छैन । यस्तै अमेरिका सर्वाधिक संक्रमित (तीन करोड ६ लाख) सहित पहिलो स्थानमा छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij