Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा मेलम्ची आयोजना उद्घाटन


  • शुक्रबार, चैत्र २० २०७७

  • राष्ट्रपति  विद्यादेवी भण्डारीद्धारा मेलम्ची आयोजना उद्घाटन

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन्। काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी हुन्।
    भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको छ।
    सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ।
    काठमाडौंमा पानी संकट टार्न सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याइएको छ। मेलम्ची आयोजनाबाट ल्याइएको पानी काठमाडौं र ललितपुरका विभिन्न स्थानमा केही दिनदेखि वितरण गरिराखिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij