काठमाडौं — नेपाललाई चीन सरकारले अनुदान सहयोगमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको ८ लाख डोज खोप आइपुगेको हो ।
आइतबार नेपाल एयरलाइन्सको विमान चाइना गएको थियो । आज बिहान बेइजिङ अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको विमान चाटर्ड गरेर खोप ल्याइएको हो ।
चीनले गत माघ १८ गते नेपाललाई तीन लाख मात्रा खोप सहयोग गर्ने निर्णय गरेको थियो । पछि फागुन १७ गते थप ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको हो । यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।
भेरोसेल खोप पनि दुई डोज लगाउनुपर्छ । पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ । खोप कुन समूह र कहाँका व्यक्तिलाई कसरी खोप लगाउने भन्ने बारे मन्त्रालयले अब तय गर्ने बताइएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
