Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ घण्टामा थप १४५ जनामा कोरोना संक्रमण


  • बुधबार, चैत्र ११ २०७७

  • २४ घण्टामा थप १४५ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९६३ जनामा भएको आरटी पीसीआर परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मंगलबार ४०३२ जनामा भएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरेना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    बुधबार काठमाडौंमा ५३ जना र कास्कीमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij