काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान गरेकी छन्। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशतर्फ प्रस्थान गरेकी हुन्। उनी दुई दिने राजकीय भ्रमणका लागि गएकी हुन्।
राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा एमालेका नेता सुवास नेम्वाङलगायत पुगेका थिए।
बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी गएकी हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गरेकी छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
