Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्चमा सिफारिस भएका न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध सुनुवाई समितिद्वारा उजुरी आह्वान


  • बुधबार, चैत्र ४ २०७७

  • सर्वोच्चमा सिफारिस भएका न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध सुनुवाई समितिद्वारा उजुरी आह्वान

    काठमाडौं – संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध उजुरी आह्वान गरेको छ । फागनु २८ गते बसेको न्याय परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

    आज बसेको संसदीय समितिको बैठकले दुवैजनाविरुद्ध १० दिनभित्र उजुरी दर्ता गराउन आह्वान गरेको हो । उजुरी आह्वानको सूचना बिहीबार जारी हुनेछ ।

    उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस  भएका छन् । नेपालको संविधानको धारण २९२ तथा न्याय परिषद्को ऐन २०७३ को दफा ६ बमोजिम संसदीय सुनुवाइ भएपछि नेपालको संविधानको धारा १२९ बमोजिम राष्ट्रपति समक्ष नियुक्तिका लागि उनीहरुको सिफारिस गरिनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij