Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ दिने फैसलाविरूद्ध उच्च अदालतमा पुनरावेदन दर्ता


  • सोमबार, चैत्र २ २०७७

  • बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ दिने फैसलाविरूद्ध उच्च अदालतमा पुनरावेदन दर्ता

    काठमाडौं– सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलासँग असन्तुष्ट सरकारी वकिलको कार्यालयले विराटनगर उच्च अदालतमा पुनरावेदन गरेको छ। आइतबार उच्च अदालतमा पुनरावेदन रजिष्ट्रेसन भएको हो।
    आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उनलाई निर्दोष ठहर गर्दै सुनसरी जिल्ला अदालतले सफाइ दिएको थियो।

    ‘अनुयायी महिलाले मोहित भएर शरीर समर्पित गरेको’, ‘सहमतिमै सम्बन्ध कायम गरेका कारण बलात्कार भन्न नमिल्ने’ जस्ता शब्दावलीसहितको फैसलाबारे पुनरावेदन गर्ने सुनसरी सरकारी वकिल कार्यालयले पहिल्यै बताएको थियो।

    आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा थुनामा रहेका बेला उनलाई गएको मंसिर २२ मा जिल्ला अदालतले सफाइ दिएको थियो। त्यसबेला एकतर्फी बहस गरेर उनलाई सफाइ दिइएको भन्दै सरकारी वकिलको कार्यालयले असन्तुष्टि जनाएको थियो। माघ २९ मा न्यायाधीश अर्जुनप्रसाद कोइरालाले तयार पारेको फैसलाको पूर्णपाठमा गिरीले बलात्कार गरेको भन्न नमिल्ने उल्लेख थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij