काठमाडौं : सर्वोच्च अदालतले ऋषी कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएपछि नेपालको राजनितिले नाटकिय मोड लिएको छ । सर्वोच्चको फैसला संग नेकपा एमाले र माओवादी केन्द्र अस्थीत्वमा आएको छ । आज नेकपाको सम्भवत अन्तिम बैठकवाट प्रचण्ड – माधव समूह विघटन भएको छ ।
यो समूहमा रहेका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल सहितका पूर्व एमालेहरु ओली प्रवृत्ति विरुद्ध एमालेमै रहेर संघर्ष गर्ने भन्दै विदावारी भएका छन । अव पूर्वएमाले एक ठाँउमा र पूर्व माओवादी एक ठाँउमा हुने भएका छन । यो निर्णय संगै नेपालको कम्युनिष्ट राजनिति भित्र नाटकिय परिवर्तन आएको छ । सर्वोच्चको फैसलाले केन्द्र देखि प्रदेश सरकारमा समेत प्रभाव पर्ने देखिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
