काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ। सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठककाे कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।
यसअघि बैठकमा बोल्दै सांसद भीम रावलले कार्यसूचीबाट अध्यादेशलगायतका विषय हटाइनुपर्ने माग गरेका थिए । सभामुखले यसअघि नै कार्यसूची तय भइसकेको भन्दै सो विषय हटाउन नसकिने जवाफ दिएपछि प्रचण्ड–नेपाल पक्षका सांसदले संसद बैठक बहिस्कार गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
