Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो


  • शनिबार, फाल्गुन २२ २०७७

  • मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो

    काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ ।
    यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।

    आज लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गरे । उनले भनेका छन्, ‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्‍यो । केही दिनमा वितरण हुने भयो ।’ उनले काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासीलाई धन्यवाद दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij