काठमाडौं– सरकार र नेकपा विप्लव समूहबीच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको छ । बिहीबार भएको सहमतिअनुसार हस्ताक्षर समारोह राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको छ ।
सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विद्राही नेकपाका महासचिव विप्लव सहितका नेताहरुको सहभागिता रहेको छ ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
