काठमाडौं– सर्वोच्च अदालतले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ। अधिवक्ता नितिका ढुंगानाले दायर गरेको रिटमा न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले पशुपतिमा सुनको जलहरी किन राख्ने भन्दै कारण देखाउन समेत आदेश गरेको हो।
उक्त निर्णय गर्नुको कारण खुलाएर लिखित जवाफ माग्ने, निर्णयलाई दुवै पक्षको आदेश नहुन्जेल यथास्थितिमा राख्न र दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको छ। आजै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
