Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्चको फैसलको सर्वत्र स्वागत


  • मंगलबार, फाल्गुन ११ २०७७

  • सर्वोच्चको फैसलको सर्वत्र स्वागत

    काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो ।
    सर्वोच्चको आदेश पछि देशभर तरंग पैदा भएको छ । फैसलाको स्वागतमा सडकमै नागरिकले खुसियाली मनाएका छन । फैसला पछि प्रतिक्रिया आउने क्रम जारी छ । कांग्रेस सभापति शेर बहादुर देउवाले फैसला स्वागत योग्य भएको बताएका छन । उपचारका क्रममा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले भ्रष्माशुरले बध गरेको संसद सर्वोच्च अदालतले न्युँताएको बताए । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चको फैसलाको स्वागत गर्दै प्रतिगामी संग सहकार्य नहुने बताए ।
    पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले पनि सर्वोच्चको फैसलाको स्वागत गरेका छन । सामाजिक सञ्जालमा पनि फैसला को स्वागत गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij