काठमाडौं – वसन्त पञ्चमी एवं सरस्वती पूजा । देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा गरी धुमधामका साथ मनाइँदैछ ।
यसैबीच वसन्त पञ्चमीको अवसरमा काठमाडौंको वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको थियो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले वसन्त श्रवण गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
