Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधिसभा विघटन मुद्दामा भोलिदेखि एमिकस क्युरीको बहस


  • सोमबार, फाल्गुन ३ २०७७

  • प्रतिनिधिसभा विघटन मुद्दामा भोलिदेखि एमिकस क्युरीको बहस

    काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ ।

    यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो ।

    नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रुपमा चयन भएका छन् ।
    उनीहरुले कुनै पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । एमिकस क्युरीको रायपछि फैसला आउनेछ ।
    यसअघि आइतबार र सोमबार रिट निवेदकका तर्फबाट जवाफी बहस भएको थियो । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुर्वा भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij