काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ ।
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ।
भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।
भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
