काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्टमा उनको बलात्कार पछि हत्या गरिएको उल्लेख गरिएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ ।
माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेकी थिइन् । घटनाको नेपाल प्रहरी, राष्ट्रिय मानवअधिकार आयोगले अनुशन्धान गरिरहेको छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनासंग यो घटनालाई तुलना गरिएको छ । घटनाको विरोध र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन समेत हुदै आएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
