Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाललाई सामाजिक न्यायसहित समृद्धिको देश बनाउनबाट कसैले रोक्न सक्दैन -प्रधानमन्त्री


  • शुक्रबार, माघ २३ २०७७

  • नेपाललाई सामाजिक न्यायसहित समृद्धिको देश बनाउनबाट कसैले रोक्न सक्दैन -प्रधानमन्त्री

    काठमाडौं – नेकपा ओली समुहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सभा ‘कास्टिङ’ मात्रै भएको बताएका छन् ।
    शुक्रबार नारायणहिटीअगाडि आयोजित सभामा बोल्दै प्रधानमन्त्रीले जनतालाई दुःख दिने मनसाय नभएको भन्दै क्षमा पनि मागे ।
    प्रधानमन्त्री ओलीले आजको सभामा काठमाडौंमा भएको अहिलेसम्मकै ठूलो सभा भएको पनि जिकिर गरे ।
    “हामीले दुःख दिन खोजेको होइन । यो कास्टिङको रूपमा हो । काठमाडौंका सडकभरमा स्क्रिन राखेर सभा गर्नुपर्ने स्थित आउन सक्छ । १ गते बुटवलमा देखाउने छौँ । ८ गते विराटनगरमा अर्को सभा हुनेछ,’’ उनले भने ।

    आलोचना गर्नेहरुलाई मन थाम्न गर्न आग्रह गर्दै ओलीले भने, “हेर्दै जानुस्, नेपाल कता जान्छ । नेपाललाई समाजवाद उन्मुख हुनबाट, नेपाललाई सामाजिक न्यायसहित समानताको समृद्धिको देश बनाउनबाट कसैले रोक्न सक्दैन,’’ ओलीले भने ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij